Skip to content
🇳🇵Official website of Nepal Dalmoth Producers Association (NEDPA)
Nepal Dalmoth Producers Association (NEDPA)

Nepal Dalmoth Producers Association (NEDPA)

स्वदेशी दालमोठ उधोगलाई चिनाउ राष्ट्रिय अर्थतन्त्रमा टेवा पुगाउ

nedpa2061@gmail.com
Quick ? Email Us
Talk to an Export
+977 - (985)-101-8288
Kathmandu, Nepal
Office Address
  • Home
  • About Us
    • Introduction
    • Objective
  • News & Events
  • Members Directory
    • Founder Member
    • Executive Members
    • Present Member
  • Photo Gallery
  • Contact Us
Join Our Community

नेपाल दालमोठ संघको २०औँ वार्षिक साधारण सभा सम्पन्न

  • Home
  • Association
  • नेपाल दालमोठ संघको २०औँ वार्षिक साधारण सभा सम्पन्न

Contact Information

Kathmanud, Nepal, NP

Export: +(977) - 985-101-8288

 

OR +(77 (985)-116-7900

nedpa2061@gmail.com

+977 - 985-101-8288

www.nedpa.org.np

Categories

  • Association
  • Ideas
  • Plumbing

Quick Useful Link

  • About Us
  • Photo Gallery
  • News & Events
  • Terms & Condition
  • Privacy Policy
  • Contact Us

Get exclusive offers, 24/7 tech support, & feel advantaged with the factory App.

  • Facebook
  • YouTube
  • Instagram
  • LinkedIn
  • X

नेपाल दालमोठ संघको २०औँ वार्षिक साधारण सभा सम्पन्न

NEDPA - On Feb 11, 2025
- no comment on नेपाल दालमोठ संघको २०औँ वार्षिक साधारण सभा सम्पन्न
- 0 mins, 1 secs

काठमाडौं : नेपाल दालमोठ संघको २०औँ वार्षिक साधारण सभा काठमाडौंको पुरानो बानेश्वरस्थित सनराइज फुड क्याफे एण्ड ब्याङ्क्वेटमा सफलतापूर्वक सम्पन्न भएको छ। कार्यक्रममा उद्याेग वाणिज्य संघ बागमति प्रदेश उपाध्यक्ष  दुर्गा राज श्रेष्ठकाे प्रमुख आतिथ्यता रहेकाे थियाे ।

उपाध्यक्ष श्रेष्ठले साधारणसभामा शुभकामना दिँदै नेपाल  स्वदेशी खाद्य उद्योगले अर्थतन्त्र, रोजगारी र आत्मनिर्भरता प्रवर्द्धनमा खेलेको भूमिकाको प्रशंसा गर्दै उद्योगीहरूबीचको एकता र गुणस्तर सुधारमा जोड दिए ।

कार्यक्रममा अतिथिका रूपमा प्रेम हरि मैनाली, माधव तिमिल्सिना, चन्द्र थापा तथा शिव भण्डारी (खाद्य अनुसन्धान अधिकृत)को उपस्थिति रहेको थियो। सभाको अध्यक्षता संघका अध्यक्ष हेमकान्त पराजुलीले गरेका थिए ।

साधारण सभामा अघिल्लो आर्थिक वर्षको निर्वाचनबाट निर्वाचित कार्यसमितिले आगामी दुई कार्यकाल सञ्चालन गर्ने निर्णय अनुमोदन गरिएको छ। यसले संघको नीतिगत निरन्तरता, संस्थागत स्थायित्व र दीर्घकालीन योजनालाई प्रभावकारी रूपमा अगाडि बढाउन सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ।

साधारण सभामा संघका कोषाध्यक्ष हरि कुमार दुलालले आर्थिक वर्ष २०८१/८२ को आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै संघको आय–व्यय विवरण, आर्थिक पारदर्शिता, अनुशासन तथा भावी आर्थिक योजनाबारे स्पष्ट जानकारी दिए । प्रतिवेदनमाथि सहभागी सदस्यहरूबाट रचनात्मक छलफल भई सर्वसम्मत रूपमा पारित गरिएको थियो।

कार्यक्रमका क्रममा अतिथि शिव भण्डारी, खाद्य अनुसन्धान अधिकृतले दालमोठ तथा अन्य खाद्य उद्योगसँग सम्बन्धित खाद्य नीति, गुणस्तर मापदण्ड तथा अनलाइन दर्ता प्रक्रियाबारे विस्तृत जानकारी प्रदान गरे। उहाँको प्रस्तुतिले सदस्यहरूलाई नियामकीय प्रक्रिया बुझ्न र उद्योगलाई कानुनी रूपमा सुदृढ बनाउन महत्वपूर्ण सहयोग पुगेको बताइएको छ।

यस अवसरमा निवर्तमान अध्यक्ष नारायण कार्कीले नयाँ कार्यसमितिलाई आगामी कार्यकालका लागि सफलता र समृद्धिको शुभकामना व्यक्त गरेका छन् ।

साधारण सभामा दालमोठ उद्योगले सामना गरिरहेका वर्तमान चुनौती, कच्चा पदार्थको आपूर्ति, बजार विस्तार, उपभोक्ता विश्वास अभिवृद्धि र दिगो विकासका विषयमा समेत गहन छलफल गरिएको थियो। वक्ताहरूले आपसी सहकार्य, एकता र सामूहिक प्रयास नै उद्योगको भविष्य सुरक्षित गर्ने आधार भएको धारणा व्यक्त गरे।

कार्यक्रमको अन्त्यमा अध्यक्ष पराजुलीले प्रमुख अतिथि, अतिथि, सम्पूर्ण सदस्यज्यूहरू तथा कार्यक्रम सफल बनाउन सहयोग पुर्‍याउने सबैप्रति  धन्यवाद ज्ञापन गर्दै संघलाई अझ सशक्त, पारदर्शी र परिणाममुखी बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गरे ।

Previous article

21st Anniversary of Nepal Dalmoth Producers’ Association

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Contact Information

Kathmanud, Nepal, NP

Export: +(977) - 985-101-8288

 

OR +(77 (985)-116-7900

nedpa2061@gmail.com

+977 - 985-101-8288

www.nedpa.org.np

Quick Useful Link

  • About Us
  • Photo Gallery
  • News & Events
  • Terms & Condition
  • Privacy Policy
  • Contact Us

Get exclusive offers, 24/7 tech support, and feel advantaged with the Steel Factory App.

  • Facebook
  • YouTube
  • Instagram
  • WordPress
  • LinkedIn
  • X
  • Pinterest
  • Flickr
Copyright © 2026. All Rights Reserved Powered By : Weblink Nepal